बहराइनमा रुसी खोप लगाउन अनुमति

बहराइनमा रुसी खोप लगाउन अनुमति

२०७७, माघ २९ बिहिवार

  • 1.5K
    SHARES

  • बहराइनमा रुसी खोप लगाउन अनुमति

    माघ २९, मनामा ।

    बहराइनमा रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिइएको छ । 

    बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिइएको हो ।

    राष्ट्रिय स्वास्थ्य नियामक निकाय (एनएचआरए)ले स्पुट्नीक भी पनि कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्नेगरी अनुमति दिइएको जनाएको छ ।

    “वैज्ञानिक तथा चिकित्सकीय परीक्षण गर्दा यो खोप पनि उपभोगका लागि उपयुक्त देखिएकाले प्रयोग गर्न अनुमति दिइएको हो,” एक अधिकारीले भने । 

    उनीहरूले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा पनि जोड दिएका छन् ।

    बहराइनमा कोरोनाविरुद्धका अन्य खोपहरूको प्रयोग भने यसअघिदेखि नै हुँदै आएको थियो ।- एजेन्सी । 

    २०७७, माघ २९ बिहिवार०७:१८:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार