ब्राजिलमा ४० लाखलाई कोभिड–१९ विरुद्धको खोप दिइयो

ब्राजिलमा ४० लाखलाई कोभिड–१९ विरुद्धको खोप दिइयो

२०७७, माघ ३० शुक्रवार

  • 1.8K
    SHARES

  • ब्राजिलमा ४० लाखलाई कोभिड–१९ विरुद्धको खोप दिइयो

    माघ ३०, साओ पाउलो । 

    ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । 

    जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ ।

    सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलुक हो ।

    ब्रजिलमा अहिलेसम्म दुई लाख ३५ हजार कोभिड–१९ सङ्क्रमित को मृत्यु भइसकेको छ ।

    ब्राजिलमा अझै पनि सङ्क्रमण दर उच्च रहेको छ । विगत २४ घण्टामा ब्राजिलमा ५९ हजार ६०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

    यससँगै यहाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ लाख ५९ हजार १६७ पुगेको छ ।- एजेन्सी । 

    २०७७, माघ ३० शुक्रवार०७:१४:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार