खोपले मात्रै जनजीवन सामान्य बनाउने जिम्बाबेका राष्ट्रपतिको भनाई

खोपले मात्रै जनजीवन सामान्य बनाउने जिम्बाबेका राष्ट्रपतिको भनाई

२०७७, माघ ३० शुक्रवार

  • 1.6K
    SHARES

  • खोपले मात्रै जनजीवन सामान्य बनाउने जिम्बाबेका राष्ट्रपतिको भनाई

    माघ ३०, हरारे । 

    जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुने बताएका छन् ।  

    उनले बिहीबार भने, “जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पुर्याउनका लागि अधिकांश नागरिकलाई खोप लगाउनु आवश्यक छ ।”

    सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले चीन र रूसको सहकार्यमा सवै नागरिकलाई खोप लगाउने तयारी भइरहेको पनि जानकारी दिए । 

    “जिम्बाबेका जनताका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेकोमा चीन र रूसलाई धन्यवाद दिन चाहन्छु,” ट्वीटरमा लेखिएको छ ।

    चिनियाँ खोप निःशुल्क पाउने अफ्रिकी मुलुकहरुको सूचीमा जिम्बाबे तेस्रो क्रममा परेको छ । 

    चीनले जिम्बाबेलाई पहिलो चरणमा सिनो फार्मको दुई लाख खोप दिन लागेको हो । खोप यही फेब्रुअरी १५ सम्ममा जिम्बाबेमा ल्याइसकिने अनुमान गरिएको छ ।  

    एक करोड ६० लाख जनसङ्ख्या रहेको यस अफ्रिकी मुलुकलाई चीनसहित रुस र भारतले समेत कोरोनाविरुद्धको खोप सहयोग गरेका छन् । 

    जिम्बाबेमा कोरोनाभाइरसबाट अहिलेसम्म ३४ हजार ८६४ जना सङ्क्रमित भएका छन् भने एक हजार ३६४ जनाको मृत्यु भएको छ । -एजेन्सी । 

    २०७७, माघ ३० शुक्रवार०७:५१:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार