भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व प्रम खनाल

भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व प्रम खनाल

२०७७, फाल्गुण १ शनिवार

  • 2.1K
    SHARES

  • भारतमा स्वास्थ्य परीक्षण गराउँदै पूर्व प्रम खनाल

    फागुन १, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रवार भारत गएका छन् ।

    आफ्नो धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएका उनका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।  

    उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत गएका बताइएको छ ।

    चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उनी भारत गएकचा हुन् । स्वकीय सचिव भट्टराईका अनुसार उनी शुक्रवारै नै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका छन् ।

    स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उनी स्वदेश फर्किने छन् । 

    २०७७, फाल्गुण १ शनिवार०६:५०:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार