एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष दाहाल

एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष दाहाल

२०७७, फाल्गुण २ आइतवार

  • 1.9K
    SHARES

  • एकपटक फेरि मोर्चा कसेर अघि बढौँ : अध्यक्ष दाहाल

    फागुन २, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान अवस्थाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । 
     
    जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति शनिवार यहाँ लोकार्पण गर्दै उनले मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरे । 
     
    अध्यक्ष दाहालले भने, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।”

    २०७७, फाल्गुण २ आइतवार०७:२४:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार