थापाले नगरेपछि भट्टराईको पहलमा समाधान हुँदै कपन क्षेत्रको डुबान समस्या 

थापाले नगरेपछि भट्टराईको पहलमा समाधान हुँदै कपन क्षेत्रको डुबान समस्या 

२०७७, फाल्गुण ३ सोमवार

  • 7.3K
    SHARES

  • थापाले नगरेपछि भट्टराईको पहलमा समाधान हुँदै कपन क्षेत्रको डुबान समस्या 

    फागुन ३, काठमाडौं । 

    वर्खामासमा सँधैको पिरलो देखिने कपन क्षेत्रको डुबान समस्या समाधान हुने भएको छ ।

    चावहिल देखि उत्तरतर्फको भुभागमा पर्ने यस क्षेत्रको मुख्य पिरलो भनेको अव्यवस्थित सहरिकरण र त्यसमा पनि सहरको बीच भागबाट दौडने खहरे खोला नै हो । हिँउदमा शान्त रहने यस क्षेत्र वर्खामास शुरु भए पछि रातभर जागै बस्ने स्थानियको गुनासो छ । 

    काठमाडौं निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका भित्रका वडा नं १०, ११, १२ तथा काठमाडौं महानगरको ६ र ७ वडाको एकछेउ धोबिखोलावाट साततले, मिलनचोक तरकारी बजार हुदै आनि गुम्वा सम्मको खहरेमा बक्स कल्भर्ट सहितको ढलान गर्ने कार्यको लागि रु ४५ करोड रकम प्रधानमन्त्रीका सल्लाहकार डा राजन भट्टराईको पहलमा श्रोत व्यवस्थापन भएको बुढानिलकण्ठ नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराईले जनाएका छन् ।

    निर्माण कार्य अगाडि बढाउन हिजो फागुन २ गते टेण्डर आव्हान भईसकेको पनि भट्टराईले जनाए । 

    तिनपटक सम्म सांसद बनेका गगन कुमार थापाले काम भन्दा बढि कुरामा विश्वास गर्नाले नै यो क्षेत्रमा अत्यधिक समस्या आएको विद्यार्थी कृपेश घिमिरेले बताए ।

    २०७३ सालमा सडक बनाउने अभियानमा जथाभावी सडक फोडिदा जनतालाई सकस भएको स्वयं थापाले नै स्विकारेका थिए । तीन-तीन पटक सम्म सांसद बन्दा समेत क्षेत्र विकासको एकिकृत योजनानै थापाले प्रस्तुत गर्न नसकेका प्रवक्ता भट्टराईको आरोप थियो । 

    वास्तवमै कति सम्म कहाली लाग्दो अवस्था थियो भने कार्यालय, क्याम्पस, व्यवसाय जाँदा -आउँदा कतिखेर धोवीखोला र सडकका नालीमा परेर डुबिने हो कल्पनै गर्न सकिँदैनथ्यो स्थानियको दुखेसो छ । 

    खोला तथा सडकको समस्या छ भन्ने सांसदलाई थाहा नभएको हैन, चिन्ता कम भएको हो अर्का स्थानियको भनाई छ । 

    डा.भट्टराईकै पहलमा हाल वडा नं ११ अन्तर्गत खोलाको माथिल्लो भाग आनीगुम्बा छेउ गुरुंग टोलमा निर्माण कार्य अगाडि बढेको छ भने तल्लो छेउबाट पनि प्रक्रिया अगाडि बढाइएको हो । 

    const3.jpg

    const2.jpg

    constr1.jpg

    २०७७, फाल्गुण ३ सोमवार०९:३५:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार