अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

२०७७, फाल्गुण ३ सोमवार

  • 1.5K
    SHARES

  • अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

    फागुन ३, मेलबोर्न ।

    विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

    सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।

    नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उनी अन्तिम आठमा पुगेको यो १३औं पटक हो । यसअघि रोजर फेडरर १५ पटक र जोन न्यूकम्ब १४ पटक अस्ट्रेलियन ओपनको अन्तिम आठमा पुगेका थिए ।

    यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिकसँग भेट हुने सम्भावना बढ्दै गएको छ । आइतबार साँझ भएको खेलमा पेटको दुखाईसँग जुधिरहेका जोकोभिकले मिलोस राओनिकलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए । 

    महिला एकलतर्फ भने नाओमी ओशाका, सेरेना विलियम्स, सिमोना हालेप, एचसिया सु–वेए, जेनिफर ब्राडी र जेस्सिका पेगुलाले आ–आफ्ना खेल जितेका छन् ।

    क्वार्टरफाइनलमा मंगलबार जेनिफर ब्राडी र जेस्सिका पेगुला, सेरेना विलियम्स र सिमोना हालेप तथा नाओमी ओशाका र एचसिया सु–वेएबीच खेल हुँदैछ ।- एजेन्सी ।  

    २०७७, फाल्गुण ३ सोमवार०२:०१:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार