विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

२०७७, फाल्गुण ४ मंगलवार

  • 4.0K
    SHARES

  • विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’

    फागुन ४, भक्तपुर ।  

    सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ ।

    केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो । 

    सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रु सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको कार्यक्रममा जानकारी दिएको छ । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ ।

    सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवा खाजाको रकम उपलब्ध गराउने भएको छ ।

    २०७७, फाल्गुण ४ मंगलवार०७:५०:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार