फागुन ५, बनेपा ।
नमुना जलवीर बचत तथा ऋण सहकारी संस्थाको नवौँ साधारणसभा जलबीर बजारमा अवस्थित आनन्द माविको सभाहलमा सम्पन्न भयो ।
‘भोलिका लागि आज बचत गरौँ ' भन्ने नाराका साथ साधारणसभा सम्पन्न भएको हो । कोभिडका कारणले सम्पूर्ण सेयर सदस्यलाई उपस्थित गराउन असमर्थ भए पनि प्रतिनिधि सेयर सदस्यहरुको उपस्थितिमा उक्त साधारणसभा सम्पन्न गर्नुपरेको सहकारीका सचिव एवं कार्यक्रम सञ्चालक राजु श्रेष्ठले जानकारी दिए ।
सिटिजन्स लाइफ इन्स्योरेन्स बनेपा शाखाका प्रमुख एवं प्रमुख अतिथि मच्छेनारायण श्रेष्ठले साधारणसभाको उद्घाटन गर्दै नागरिकलाई इन्स्योरेन्स सम्बन्धि सचेतना जगाउन उक्त सहकारीले अरुभन्दा फरक शैलीमा सञ्चालन गरेकोमा मुक्तकण्ठले खुलेर पशंसा गरे ।
सहकारीका अध्यक्ष नीवनप्रकाश श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहकारीका प्रबन्धक लालबहादुर कार्र्कीले संस्थाको वाार्षिक गतिविधि, भावि योजना, विधान संसोधन, सहकारीको कार्यक्षेत्र बिस्तार, आर्थिक वर्ष २०७६/७७ को खर्च अनुमोदनका लागि सहकारीको बैठक पुस्तिका हस्ताक्षर लगायतका विषय छलफलका लागि प्रस्ताव पेस गरेका थिए ।
संस्थाका सेयरसदस्य तेजबहादुर थापाले प्रमुख अतिथिलगायत साधारणसभामा उपस्थित सेयर सदस्यहरुलाई स्वागत गरे ।
साधारणसभामा आर्थिक वर्ष २०७६/०७७ को आयव्यय सहकारीका कोषाध्यक्ष कासिराम थापाले प्रस्तुत गर्दै गत वर्षको सञ्चित नाफाबाट सेयर सदस्यलाई थोरैभए पनि नाफा वितरण गर्न सफल भएको बताए ।
नमुना जलबीरले आना सुका जम्मा गरी स्थानीय बजारमा खुद्रा लगानी गर्ने गरेको कुरा टारी बजारमा तरकारी व्यवसाय सञ्चालन गर्दै आएका प्रकाश थापाले बताए ।
आनन्द माविका पुर्वप्रअ शिबबहादुर क्षेत्रीले शुभकामना मन्तव्य राख्दै भने, ‘सहकारी सबैको साझा संस्था भएकाले सबैले मिलेर संस्थाको उन्नतिमा लाग्नुुपर्छ ।’ सहकारीका नाममा फैलिएको विकृति मिलेर हटाउन सके अझै यसको लोकप्रियता बढ्ने उनको भनाइ थियो ।
सेयर सदस्य डम्बर थापालेआर्थिक रुपमा निकै पछि परेको यस क्षेत्रमा नमुना जलबीर बचत तथा ऋणले स्थानीय किसानको विश्वास जित्न सफल भएकोमा खुसी लागेको बताए ।
‘जुगल गाउँपालिका, बलेफी गाउँपालिका र साँगाचोक चौतारा नगरपालिकाको केन्द्रविन्दुमा रहेको यस सहकारीले एकाघरमा छरिएको पुँजी सङ्कलनमा प्रभावकारी भुमिका खेलेको छ ।’ सहकारीका ऋण उपसमिति संयोजक स्थानीय समाजसेवी एवं पूर्व गाविस सचिव दिनेश खँड्काले भने ।
नमुना जलबीर सहकारीमार्फत बलेफी गाउँपालिकाले ५ लाख रुपियाँ बजेट उपलब्ध गराएपछि उन्नत जातको मुर्रा भैसीको खरिदका लागि ४९ हजार प्रति भैंसी अनुदान उपलब्ध गराएको प्रबन्धक कार्कीले बताए । ३६ हजार किसानले लगानी गरेको र बाँकी सहकारीले उपलब्ध गराएको थियो ।
सधैंभरि साहु कन्याएर साहु महाजनबाट लिएको ऋणको चर्र्काे ब्याज तिर्नुभन्दा सहकारीबाट सुलभ ब्याजमा कर्जा लिएर लाभान्वित भएको साधारणसभामा सहभागी बचतकर्ता ओमकाजि दुलालले बताए ।
स्थानीय युवा चन्द्र काफ्ले भन्छन्, ‘सहकारीले बचत मात्र होइन रोजगार पनि सिर्जना भएको छ ।सालाखाला ६० रुपियाँमा किसानले डेरीमा कलेक्सन गर्छन् । रु ७० मा बजारमा खपत हुन्छ । १० जनाले भैंसी पालन गर्दै आएका छन् । गत पुसबाट भैंसी उपलब्ध गराइएको छ । मेरो व्यवसाय चलेकै छ ।