फागुन ६, काठमाडौं ।
अन्तर्राष्ट्रिय क्लव लायन्स डिस्ट्रिक्ट ३२५ बी १ गभर्नर सल्लाहकार समिति (ला-७५) को तेस्रो बैठक सम्पन्न भएको छ ।
जोन चेयर पर्सन ईन्जिनियर लायन शुसिल भट्टराईको सभापतित्व तथा डिस्ट्रिक्ट चिफ एडभाईजर लायन मणि श्री रत्न बज्राचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा सिनियर लायनहरु सुमन भट्ट, विश्व भट्टराई, सुरेन्द्र रत्न शाक्य, विष्णु बहादुर केसी, तारा भुसाल लगायत लायन्स क्लब अफ बालाजु, लायन्स क्लव अफ काठमाडौं वशिष्ठ, लायन्स क्लव अफ काठमाडौं पिस आइज, लायन्स क्लव अफ काठमाडौं भ्याली क्योकुसिन करॉतेका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा उत्कृष्ट जोन चेयर पर्सनबाट सम्मानित हुनु भएका लायन शुसिल भट्टराईलाई डिस्ट्रिक्ट को -चिफ एडभाईजर लायन सुमन भट्टले अन्तरराष्ट्रिय पिन लगाएर सम्मान गरेका थिए ।
दोस्रो भाइस गभर्नरका प्रत्यासी लायन मणि श्री रत्न बज्राचार्यले सदस्यता तथा नविकरण शुल्क नेपालकै बैँकमा जम्मा हुने र समाजसेवी कार्यक्रममा खर्च गरिएको विषयमा प्रष्ट पारेका थिए ।
लायन्स क्लबमा सदस्य क्लवहरु दर्ता हुने क्रम तिब्र रहेकाले संख्याका आधारमा कम्तिमा थप १५ वटा डिस्ट्रिक्ट बन्न सक्ने सम्भावना देखिएकाले डिस्ट्रिक्ट थपका लागि प्रस्ताव अगाडि बढाइएको पनि बज्राचार्यले बताए ।
लायन डिस्ट्रिक्ट क्याबिनेट बैठक फागुन ७-८ मा हुॅदैछ ।
त्यसै गरि डिस्ट्रिक्ट कन्भेन्सन चैत्र १४ गते पोखरामा हुने पनि बताईएको छ ।