जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

२०७७, फाल्गुण ७ शुक्रवार

  • 1.5K
    SHARES

  • जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

    फागुन ७, तिब्लिसी ।

    जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

    उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् । 

    संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उनले राजीनामा दिन लागेका जनाइएको छ ।

    मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् ।

    विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ । -एजेन्सी । 

    २०७७, फाल्गुण ७ शुक्रवार०७:१४:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार