कोभिड–१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान

कोभिड–१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान

२०७७, फाल्गुण ७ शुक्रवार

  • 1.3K
    SHARES

  • कोभिड–१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान

    फागुन ७, काबुल ।

    कोभिड–१९ र खडेरीको असर सामना गर्न विश्व बैंकले अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।

    अफगाजिस्तास्थित विश्व बैंकको कार्यालयले बिहीबार जारी वक्तव्यमा भनिएको छ, “युद्धग्रस्त एशियाली मुलुकका लागि अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट अनुमोदन गरिएको अनुदान खडेरी र कोरोनाभाइरस प्रभावित अफगानी नागरिकलाई नियमित र पूर्वानुमान नगद सहयोग प्रदान गर्नेछ ।” साथै उक्त रकम खाद्य र पोषण सुरक्षा सुधार ल्याउने काममा पनि प्रयोग गरिनेछ । 

    प्राप्त विवरणअनुसार अनुदानले अफगानिस्तानमा खडेरीबाट निम्तिने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सफल कार्यक्रम निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । 

    “लाखौं अफगानीलाई गरीबीको चरम समस्यामा पु¥याई विस्थापित हुने जोखिममा पुर्याएको खडेरी र महामारीको असर कम गर्न कार्यक्रमले सहयोगी भुमिका खेल्ने विश्व वैंकले बताएको छ ।- एजेन्सी ।  

    २०७७, फाल्गुण ७ शुक्रवार०७:३०:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार