फागुन ७, सिन्धुली ।
भट्टराई कुलवंश प्रतिष्ठान सिन्धुली जिल्लाको अध्यक्षमा दुर्गा प्रसाद भट्टराई चयन भएका छन् ।
वागमती प्रदेश कार्यवाहक अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय सदस्य राजेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा विहिवार सम्पन्न भेलाले दुर्गा प्रसादको नेतृत्वमा २४ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
उक्त कार्यक्रममा प्रदेश २ अध्यक्ष शम्भु प्रसाद भट्टराई, वागमती प्रदेश सचिव पुष्पराज भट्टराई, सहसचिव जयप्रसाद भट्टराई, कोषाध्यक्ष कृष्ण कुमार भट्टराई, सुचना अधिकारी अजित कुमार भट्टराई, सदस्यहरु सुरज भट्टराई, अग्नी भट्टराई लगायत सिन्धुली जिल्लाका भट्टराई परिवारको उल्लेखनिय उपस्थिति रहेको थियो।
कुलवंश प्रतिष्ठान वागमती प्रदेशको अधिवेशन फागुन २९ गते काठमाडौंमा हुनेछ भने केन्द्रीय अधिवेशन चैत्र २० -२१ गते पोखरामा हुने छ ।