आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाएको चिनियाँ अधिकारीको भनाइ

आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाएको चिनियाँ अधिकारीको भनाइ

२०७७, फाल्गुण ७ शुक्रवार

  • 2.5K
    SHARES

  • आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाएको चिनियाँ अधिकारीको भनाइ

    फागुन ७, बेइजिङ् । 

    चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् । 

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेका हुन् ।  

    प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरूको विवरण प्राप्त भएको जानकारी दिए । तर उनले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गरेनन् ।

    सञ्चार माध्यमहरुमा आएका विवरणहरुमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उनीहरुले प्रयोग गरेको उल्लेख गरिएको उनले बताए । 

    खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरु र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो । त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ । 

    उनले महामारीकै बीचमा पनि चीनले धेरै देशहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिए ।  

    चिनियाँ खोप प्रयोग गरेका देशमा चिनियाँ खोप उपयुक्त भएको प्रतिक्रिया पाएको पनि उनले बताए ।   

    कतिपय देशहरूले चीनबाट खोप लैजानका लागि चार्टर विमान पनि पठाउने गरेको उनले पत्रकारहरूलाई जानकारी दिए ।  

    कतिपय राष्ट्र तथा सरकार प्रमुखहरूले व्यक्तिगत रूपमा पनि चिनियाँ खोपको माग गर्ने गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुन्निङले बताए ।  

    खोपको उपलब्धता र प्रभावकारीताका कारण अन्तर्राष्ट्रिय जगतमा चीनको प्रभाव फेरि बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् । -एजेन्सी ।   

    २०७७, फाल्गुण ७ शुक्रवार०७:३४:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार