फागुन ८, पोखरा ।
भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय महाधिवेशनको मूल कार्य समिति गण्डकी प्रदेश अध्यक्ष शैलेन्द्र मोहन भट्टराईको संयोजकत्वमा निर्माण भएको छ ।
केन्द्रीय अध्यक्ष शेर बहादुर भट्टराईको प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न भेलाले शैलेन्द्रको संयोजकत्वमा १७ सदस्यीय कार्य समिति निर्माण गरेको हो ।
अन्य सदस्यहरुमा तेज बहादुर भट्टराई, साबित्री भट्टराई, लक्ष्मी राज भट्टराई, लक्ष्मी बहादुर भट्टराई, चित्र बहादुर भट्टराई, रामचन्द्र भट्टराई, लक्ष्मण भट्टराई, पुष्पा भट्टराई, हिरा भट्टराई, जमुना भट्टराई, बिष्णु बहादुर भट्टराई, नारायणी भट्टराई, गोविन्द भट्टराई, इन्द्र प्रसाद भट्टराई, शिव भट्टराई र बिन्दु भट्टराई रहेका छन् ।
त्यसै गरि भेलाले महाधिवेशनमा केन्द्रीत हुँदै ४ सदस्यीय रमेश बहादुर भट्टराई, प्रकाश मोहन भट्टराई, नारायण भट्टराई, सुमन मोहन भट्टराई रहेको सल्लाहकार समिति समेत निर्माण गरेको छ ।
भट्टराई कुल वंश प्रतिष्ठानको केन्द्रीय ९ औँ महाधिवेशन आउने चैत महिनाको २० र २१ गते पोखरामा हुँदै छ ।
महाधिवेशनमा सहभागि हुन भारत, म्यानमार, क्यानाडा, अमेरिका लगायतका मुलुकबाट समेत प्रतिनिधि आउने बताइएको छ ।