काबुृलमा विस्फोट पाँचको मृत्यु

काबुृलमा विस्फोट पाँचको मृत्यु

२०७७, फाल्गुण ८ शनिवार

  • 3.0K
    SHARES

  • काबुृलमा विस्फोट पाँचको मृत्यु

    फागुन ८, काबुल ।

    अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।

    मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

    विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो ।

    दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् ।  
     
    यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ । -एजेन्सी ।  

    २०७७, फाल्गुण ८ शनिवार०२:०४:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार