विधिवत बनाईयो साइबर सेना : सामाजिक सञ्जाल दुरुपयोगमा कडाई 

विधिवत बनाईयो साइबर सेना : सामाजिक सञ्जाल दुरुपयोगमा कडाई 

२०७७, फाल्गुण ८ शनिवार

  • 2.0K
    SHARES

  • विधिवत बनाईयो साइबर सेना : सामाजिक सञ्जाल दुरुपयोगमा कडाई 

    फागुन ८, काठमाडौं । 

    राष्ट्रिय युवा संघ नेपाल ओली समूहले बिधिवत रुपमा साइबर सेना बनेर खटिने निर्णय गरेको छ । गत माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले बताए ।

    सामाजिक सञ्जाल मुखको फोहोर फ्याल्ने ठाउँ जस्तो बनेकाले सफा गर्न साईबर सेना खटिने सिंहले बताए ।

    ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’, उनले भने ।

    आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम भइरहेको भन्दै उनले यसलाई नियन्त्रण गर्न साइबर सेना परिचालित हुने पनि सिंहले बताए ।

    ‘यसले हतियार बोक्ने छैनन्, तर बुद्धिको प्रयोग गर्नेछ । यसबाट आत्तिनेहरुले साइबर स्याल भनिरहेका छन् । तर, हामी विवेकपूर्ण ढंगले परिचालित हुनेछौं’, उनले भने ।

    नवनियुक्त अध्यक्ष सिंहले चैत्र भित्रै ५ लाख बर्दी बिनाका साइबर सेना निर्माण गर्ने जनाएका छन् । 

    २०७७, फाल्गुण ८ शनिवार०९:१९:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार