फागुन ८, काठमाडौं ।
भट्टराई कुलवंश प्रतिष्ठान नुवाकोट र रसुवा जिल्ला समिति गठन भएका छन् ।
शनिवार बाग्मती प्रदेश समिति कार्यवाहक अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय सदस्य राजेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा दुवै जिल्लाका समितिहरु गठन भएका हुन् ।
भेलाले राजकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नुवाकोट जिल्ला समिति गठन गरेको थियो भने उमेश भट्टराईको अध्यक्षतामा ६ सदस्यीय रसुवा जिल्ला समिति गठन गर्यो ।

उक्त कार्यक्रममा वागमती प्रदेशका सहसचिव जयप्रसाद भट्टराई सदस्य सुरज भट्टराई लगायत जिल्लावासी भट्टराईहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिष्ठान वागमती प्रदेशको अधिवेशन फागुन २९ गते हुनेछ भने केन्द्रीय महाधिवेशन चैत्र २० र २१ गते पोखरामा हुनेछ ।