खनाल स्वदेश फिर्ता

खनाल स्वदेश फिर्ता

२०७७, फाल्गुण ९ आइतवार

  • 1.4K
    SHARES

  • खनाल स्वदेश फिर्ता

    फागुन ९, काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी शनिवार स्वदेश फर्किएका छन् ।

    भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर उनी  स्वदेश फर्किएका उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

    पूर्वप्रधानमन्त्री खनाल आफ्नी धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए ।

    चिकित्सकका अनुसार खनालको स्वास्थ्यावस्थामा सुधार भएको स्वकीय सचिव भट्टराईले जानकारी दिए । 

    २०७७, फाल्गुण ९ आइतवार०८:२२:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार