फागुन ९, काठमाडौं ।
नेकपा केन्द्रीय सदस्य द्धय शेरवहादुर तामाङ र प्रदेश नं १ सभाका सांसद समेत रहेकी उषाकला राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहमै फर्किएका छन् ।
नेता द्धयले जनताको बहुदलीय जनवाद (जबज)को आलोकमा पार्टि निर्माण र मुलुकको भविष्य निर्माण गर्ने कुरामा आबद्द हुने निर्णय गरेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका छन् ।
पार्टी विभाजनले विक्षिप्त भएका तामाङ र राई जिल्लाका कार्यकर्ताको दबाबमा ओली समूहमा खुलिसके पछि पनि प्रचण्ड समूहमा लागेका थिए ।
तर सो समूहमा दुई महिना रहँदा प्रचण्ड-माधव समूहले जनताको बहुदलिय जनवाद नस्विकार्ने निष्कर्षका साथ उनीहरु ओली समूहमै फर्किएका हुन् ।
उनीहरुले घुमाउरो भाषामा सबै प्रति सम्मान छ तर निर्णय गर्ने अधिकार आफ्नो हो भन्दै धारणा सार्वजनिक गरेका हुन् ।
"समाजबाद सपना मात्र होईन जनताको जीवनमा यथार्थ बनोस्। अझै पनि पार्टी एकतामा जान सकोस। हाम्रो पहिलो प्रयास र प्राथमिकता यहि छ । राष्ट्रको समृद्धि र बिकाश नै मुलुकको निकाश हो हाम्रो जोड यसैमा छ, उषाकलाले लेखेकी छन् ।"