नाइजेरियाली विमान दुर्घटना : सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

नाइजेरियाली विमान दुर्घटना : सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

२०७७, फाल्गुण १० सोमवार

  • 1.5K
    SHARES

  • नाइजेरियाली विमान दुर्घटना : सात व्यक्तिको मृत्यु भएको सेनाद्वारा पुष्टि

    फागुन १०, अबुजा ।

    नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको नायजेरियाली सेनाले पुष्टि गरेको छ । 

    यस अघि उड्डयन मन्त्री हदी सिरिकाले विमान दुर्घटनाको पुष्टि गरे पनि विमानमा यात्रारत व्यक्तिको विवरणबारे केही बताउनुभएको थिएन ।

    उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्दासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

    सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गरेका थिए ।- एजेन्सी ।

    २०७७, फाल्गुण १० सोमवार०६:५८:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार