नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं १ को संयोजकमा धन बहादुर अछामी 

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं १ को संयोजकमा धन बहादुर अछामी 

२०७७, फाल्गुण १० सोमवार

  • 2.8K
    SHARES

  • नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं १ को संयोजकमा धन बहादुर अछामी 

    फागुन १०, काठमाडौं । 

    नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं १ मा संयोजकको जिम्मेवारी धन बहादुर अछामीले प्राप्त गरेका छन् ।

    नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० निर्वाचन क्षेत्रका संयोजक चयन गरेको थियो।

    काठमाडौं क्षेत्र नं १ मा रहेको काठमाडौं महानगरपालिका वडा नं ३१ मा बसोवास गर्दै आएका अछामी लामो समय देखि काठमाडौं जिल्ला कमिटी सदस्य रहेका छन।

    काठमाडौं महानगरपालिकाका वडा नं १०, ११, २९ र ३१ रहेको काठमाडौं क्षेत्र नं १ को नेतृत्व गर्ने जिम्मेवारी पाएका अछामी विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहेका छन्।

    काठमाडौं क्षेत्र नं १ का चार वटै शाखाहरुमा संगठन निर्माण र परिचालनका लागि अभियान संचालन गर्ने योजना रहेको बताउदै अछामीले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारी पुर्वक बहन गर्ने प्रतिवदत्ता व्यक्त गरेका छन् ।

    २०७७, फाल्गुण १० सोमवार१०:२३:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार