पूर्वसांसद रानाभाटको निधन

पूर्वसांसद रानाभाटको निधन

२०७७, फाल्गुण १० सोमवार

  • 2.0K
    SHARES

  • पूर्वसांसद रानाभाटको निधन

    फागुन १०, चितवन । 

    पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो । 
     
    उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उनको मेडिकल कलेजमा उपचार भइरहेको थियो ।  त्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।  

    कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उनको जन्म भएको थियो । 
      
    रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गरेका थिए ।

    उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ । 
    कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उनको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए ।

    उनका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उनको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ । 

    २०७७, फाल्गुण १० सोमवार०५:४०:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार