‘आजाद’का स्मृतिमा बिरामीलाई फलफूल

‘आजाद’का स्मृतिमा बिरामीलाई फलफूल

२०७७, फाल्गुण ११ मंगलवार

  • 969
    SHARES

  • ‘आजाद’का स्मृतिमा बिरामीलाई फलफूल

    फागुन ११, सिन्धुली ।

    जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । शहीद ऋषिराज देवकोटा ‘आजादको’ ४०औँ स्मृतिसभाका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित आज फलफूल वितरण गरेको हो ।

    अस्पतालमा उपचार गराइरहेका बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको सङ्गठनका प्रमुख महेन्द्रदेव श्रेष्ठले जानकारी दिए ।

    उनले भने, “पार्टीका नेता, कार्यकर्ता शुभेच्छुक र शहीद आजादलाई नजीकबाट चिन्ने व्यक्तिहरुको उपस्थितिमा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेका छौँ ।”

    ‘आजाद’ को सम्झनामा नेकपाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । नेकपाको पाँचौँ महाधिवेशनमा पोलिट ब्यूरो सदस्यमा समेत निर्वाचित भएका देवकोटालाई  तत्कालीन पञ्चायतकालीन समयमा  आन्दोनमा मध्यकमान्ड सम्हाल्नुभएको समयमा २०३१ साल फागुन १२ गते उनको बीभत्स हत्या भएको थियो ।

    २०७७, फाल्गुण ११ मंगलवार०१:५४:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार