फागुन ११, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा नदिने भएका छन् ।
प्रधानमन्त्रीका संचार सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेर फैसला कार्यान्वयन गर्ने भएका छन् ।
"सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।", थापाले लेखेका छन् ।