जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

२०७७, फाल्गुण १२ बुधवार

  • 2.7K
    SHARES

  • जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

    फागुन १२, तिब्लिसी ।

    जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ । 

    नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् ।

    उक्त अवसरमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत चलाएको बताइएको छ ।

    विपक्षी नेताको पक्राउपछि गत वर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक सङ्कटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन् । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिउका प्रत्यक्ष दृश्यमा जर्जियाको प्रमुख विपक्षी गठबन्धन, ‘यूनाइटेड नेशनल मुभमेन्ट’, का नेता निका मेलियालाई दलको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर हिरासतमा लगिएको देखिएको छ । 

    यसैबीच सयौं दङ्गा प्रहरीले उहाँका समर्थकहरू र बुधवारदेखि भवनमा डेरा गरी रहेका देशका सबै विपक्षी दलका नेताहरू विरूद्ध अश्रु ग्यास प्रयोग गरेको एमतावारी टिभीले प्रत्यक्ष दृष्यचित्रहरूमा देखाइएको छ ।- एजेन्सी । 

    २०७७, फाल्गुण १२ बुधवार०७:०८:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार