जनता र संविधानको जित : सभामुख

जनता र संविधानको जित : सभामुख

२०७७, फाल्गुण १२ बुधवार

  • 993
    SHARES

  • जनता र संविधानको जित : सभामुख

    फागुन १२, काठमाडौं । 

    सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् ।  

    हिजोको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उहाँको भनाइ छ ।

    उनले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताए । उनले भने, “नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ ।”

    उनले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लागेका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उनीहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।

    सभामुख सापकोटाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेकोसमेत बताए ।

    सभामुख सापकोटाले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अब सरोकार भएका सबै पक्षसँग छलफल गरेरर सहमतिका आधारमा संघीय संसद् अगाडि बढ्ने जानकारी दिए । 

    २०७७, फाल्गुण १२ बुधवार०७:१२:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार