बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

२०७७, फाल्गुण १२ बुधवार

  • 1.1K
    SHARES

  • बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

    फागुन १२, ढाका ।

    बङ्गलादेश सरकारले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड–१९ विरूद्धको दोस्रो खोपको मात्रा दिने निर्णय मङ्गलबार गरेको छ ।

    बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेकले प्रेस सम्मेलनमा भने, “बङ्गलादेशले फेब्रुअरी ७ मा राष्ट्रव्यापी कोभिड–१९ विरूद्धको खोपको दोस्रो अभियान सुरू गर्छ ।” 

    बङ्गलादेशमा करीब ३० लाख नागरिकलाई कोभिड–१९ विरूद्धको पहिलो खोपको मात्रा दिइएको छ । 

    बङ्गलादेश सरकारले विभिन्न उच्च जोखिम समूहका एक करोड ६० लाख ९० हजार नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने योजना बनाइरहेको उनले बताए ।  

    बङ्गलादेशमा गत वर्षको मार्चदेखि देशका करिब सबै जिल्लाहरूमा कोभिड–१९ को सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क रहेको छ ।

    अहिलेसम्म यहाँ पाँच लाख ४४ हजार ११६ व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने आठ हजार ३७४ जनाको मृत्यु भइसकेको छ ।- एजेन्सी ।  

    २०७७, फाल्गुण १२ बुधवार०७:१७:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार