नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

२०७७, फाल्गुण १२ बुधवार

  • 1.7K
    SHARES

  • नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

    फागुन १२, काठमाडौँ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

    सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उनले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

    प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागेका छन् । गौतम अभियानको संयोजकसमेत रहेका छन् ।

    पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् ।

    राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहेका छन् ।

    २०७७, फाल्गुण १२ बुधवार०२:०६:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार