सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौँ फर्किएका छन् ।
यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि विरोधसभालाई विजयसभाका रूपमा परिणत गरिएको छ ।
प्रेस सङ्गठनका नेता सुरेशचन्द्र अधिकारीका अनुसार सो कार्यक्रमलाई अन्य नेताहरुले सम्बोधन गर्ने गरी दाहाल र नेपाल काठमाडौँ फर्किएका हुन् ।
काठमाडौँमा विभिन्न महत्वपूर्ण भेटघाट गर्नुपर्ने भएपछि यहाँको कार्यक्रम छाडेर फर्किएको अधिकारीले बताए ।
सो समूहले आज अपराह्न संसदीय दलको बैठकसमेत आह्वान गरेको छ । सभालाई नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डे, नारायण दाहाल, रेनु दाहाललगायतले सम्बोधन गर्दैछन् । विजयसभा हुनुअघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।