प्रधानमन्त्री केपी शर्मा ओलीले पछिको अवस्था नहेरी राजीनामा नगर्ने भएका छन् ।
संसदीय दल र केन्द्रीय कमिटीको बैठक तत्कालै बोलाउने निर्णय पनि ओली समूहले गरेको छ ।
ओली समूहको स्थायी कमिटी बैठकपछि सो पार्टीका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजीनामापछिको अवस्था स्पष्ट नभइ तत्काल राजीनामा नगर्ने कुरा स्पष्ट पारेका छन् ।
उनले भने ,“१७ पटकसम्म प्रधानमन्त्रीका लागि मतदान भएको हामीले भुल्नुहुँदैन । प्रधानमन्त्री र हाम्रा मुलुकमा राजनीतिक स्थायित्व हुन्छ कि हुँदैन भन्ने आधार तयार भएपछि हामी अघि बढ्छौँ ” ।
प्रवक्ता ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताए । उनले पार्टीभित्र गम्भीर राजनीतिक मतभिन्नता भए पनि एकताबद्ध बनाएर लैजान सकियोस् भन्ने आफूहरुको प्रयास रहेको बताए । एकताको आधार सही विचार, नेतृत्व र सिद्धान्त भएको उनको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ ।