देश दुर्घटनामा जानबाट जागियो : कांग्रेस नेता पौडेल

देश दुर्घटनामा जानबाट जागियो : कांग्रेस नेता पौडेल

२०७७, फाल्गुण १३ बिहिवार

  • 1.0K
    SHARES

  • देश दुर्घटनामा जानबाट जागियो : कांग्रेस नेता पौडेल

    फागुन १३, धनुषा । 

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।  

    नेपाली कांग्रेस धनुषाद्वारा वुधवार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको बताए ।

    “म न्यायमूर्तिलाई धन्यवाद दिन्छु, सर्वोच्चको फैसलाबाट देश अनिर्णयको बन्दी हुनबाट जोगिएको छ”, उनले भने, “यो निर्णय नआएको भए नेपालमा जेपनि गर्न पाइने एउटा नजीर खडा भई विश्वसामु न्याय कानून नभएको देशको नामले गलत पहिचान सावित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।”

    वरिष्ठ नेता पौडेलले न्यायालयले संविधानसम्मत ढङ्गबाट लिएको निर्णयले तानाशाह प्रवृत्तिको अन्त्य भएको बताउँदै अब केपी शर्मा ओलीलाई सत्तामा एक सेकेण्ड पनि रहने नैतिक अधिकार नभएकाले प्रधानमन्त्रीबाट तुरुन्त राजीनामा दिनुपर्ने उल्लेख गरे ।  

    उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउनेदेखि प्राप्त उपलब्धिको रक्षासमेतको भूमिका खेल्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए । 

    २०७७, फाल्गुण १३ बिहिवार०७:१४:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार