इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

२०७७, फाल्गुण १३ बिहिवार

  • 1.5K
    SHARES

  • इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

    फागुन १३, जाकार्ता ।

    इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ । 

    राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिए । 

    देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको पनि उनले बताए । यो क्रम केही समय चलिरहने उनको भनाइ छ । 

    देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ ।

    “शिक्षक तथा विद्यालयका कर्मचारीहरूले लाखौँ विद्यार्थीहरूसँग प्रत्यक्ष संसर्गमा रहेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई प्राथमिकताको सूचीमा राखेर खोप लगाउन थालिएको हो,” राष्ट्रपति विडोडोले भने ।  

    इन्डोनेसियामा आमरूपमा कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान गत जनवरी १३ तारिखदेखि सुरु भएको हो ।  

    इन्डोनेसियामा अहिले दुई करोड ८० लाख चिनियाँ खोप रहेको र त्यो लगाउने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् । -एजेन्सी । 

    २०७७, फाल्गुण १३ बिहिवार०७:३४:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार