इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

२०७७, फाल्गुण १३ बिहिवार

  • 1.5K
    SHARES

  • इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

    फागुन १३, कायरो ।

    इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ ।

    रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ । इजिप्टको औषधिसम्बन्धी निकायले यस खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको अधिकारीहरुले जनाएका छन् ।

    यहाँको औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले सो कुराको जानकारी दिएका हुन् । 

    उनका अनुसार सो औषधि सम्बन्धी निकायले रुसले निर्माण गरेको खोपलाई इजिप्टमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको जानकारी दिए ।

    उनले इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको जानकारी पनि दिए ।

    यहाँ यो खोप सबैभन्दा पनि यहाँका स्वास्थ्यकर्मीहरुलाई लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाइ दिइने योजना बनाइएको छ । तर पछि यो खोप यहाँका सर्वसाधारण नागरिकले पनि लगाउन पाउने छन् । 

    उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२।८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ ।

    सरकारले यो शुरुको डोज यहाँका स्वास्थ्यकर्मी तथा आवश्यकताका आधारमा जोखिममा रहेका नागकिरलाई दिने छ भने अरु खोप सर्वसाधारणका लागि पनि दिइने बताइएको छ ।

    यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार शुरुमा यो खोप स्वास्थ्यकर्मी हुदै अरु आवश्यक परेका अथवा जोखिममा परेका नागरिकलाई दिइने छ भने त्यसपछि भने सर्वसाधारण नागरिकले पनि तोकिएको मूल्य तिरेर लगाउन पाउने भएका छन् ।

    २०७७, फाल्गुण १३ बिहिवार०२:२८:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार