कांग्रेसले सत्ता समीकरणका लागि हतार नगर्ने 

कांग्रेसले सत्ता समीकरणका लागि हतार नगर्ने 

२०७७, फाल्गुण १४ शुक्रवार

  • 2.8K
    SHARES

  • कांग्रेसले सत्ता समीकरणका लागि हतार नगर्ने 

    फागुन १४, काठमाडौँ ।

    नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ ।

    सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विहिवार सम्पन्न पार्टीको पदाधिकारी बैठकले संसद् बैठकपछि निर्माण हुने परिस्थितिअनुसार निर्णय लिनुपर्ने निष्कर्ष निकालेको हो ।

    बैठकले अहिले नै हतारिए कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निकालेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । 

    नेता महतले भने, “नेकपा कसरी अघि बढ्छ भनेर अहिले परिपक्व स्थिति बनेको छैन् । अहिले पनि नेकपा एउटै छ । नेकपाको संसदीय दलको नेता केपी शर्मा ओली हुनुहुन्छ, यो अवस्थामा उनीहरुको पार्टी भोलि कसरी अघि बढ्छ ।

    एकै रहन्छ वा अर्को परिस्थिति आउँछ भन्ने विषय कांग्रेसको नियन्त्रणभित्रको कुरा होइन ।” कांग्रेसलाई विभिन्न दलबाट सरकारको नेतृत्वको प्रस्ताव आएको छ नि भन्ने प्रश्नमा उनले अहिले त्यसको कुनै अर्थ नरहेको जवाफ दिए । 

    सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघट्न सम्बन्धमा परेका विभिन्न रिटको सुनवाइ गर्दै पुनःस्थापना गर्ने फैसला गरेपछि नयाँ राजनीतिक परिस्थिति सम्बन्धमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । 

    २०७७, फाल्गुण १४ शुक्रवार०७:१३:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार