भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

२०७७, फाल्गुण १४ शुक्रवार

  • 1.0K
    SHARES

  • भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा

    फागुन १४, नयाँ दिल्ली ।

    भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । 

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरु ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् । 

    देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ ।

    भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३७ प्रतिशत मात्रै हो । 

    पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको र मृत्यु भएकाहरुको सङ्ख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ जना नयाँ सङ्क्रमित भएका छन् । तीमध्ये ८९.५७ प्रतिशत सङ्क्रमित सात प्रदेशका रहेका छन् ।  

    भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९१४ जना सङ्क्रमित भएको र कुल एक लाख ५६ हजार ७०५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । -एजेन्सी ।  

    २०७७, फाल्गुण १४ शुक्रवार०७:२१:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार