गोकर्ण माविमा प्रदेश सरकारको बस सेवा

गोकर्ण माविमा प्रदेश सरकारको बस सेवा

२०७७, फाल्गुण १४ शुक्रवार

  • 1.6K
    SHARES

  • गोकर्ण माविमा प्रदेश सरकारको बस सेवा

    फागुन १४, काठमाडौँ ।

    अङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । 

    वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत गराउन उपलब्ध गराएको हो ।

    बस सेवाको आज शुभारम्भ गर्नुहुँदै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बस सेवापछि विद्यार्थीको उपचारका लागि नर्स पनि उपलब्ध गराइने बताए ।

    सामुदायिक विद्यालय भए पनि गोकर्ण माविमा ६०० छात्रछात्रा अध्ययन गरिरहेको वडाध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास श्रेष्ठ, पूर्वप्रधानाध्यापक बटुराम भण्डारी, प्रधानाध्यापक सुस्मिता केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।

    २०७७, फाल्गुण १४ शुक्रवार०३:२७:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार