नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार

नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार

२०७७, फाल्गुण १४ शुक्रवार

  • 1.0K
    SHARES

  • नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार

    फागुन १४, काठमाडौं ।

    कोभिड–१९ का कारण प्रभावित हुँदै आएको चौथो नेपाल–बङ्गलादेश युवा सम्मेलन काठमाडौँमा शनिबारदेखि शुरु हुनेछ ।

    दिगो विकास लक्ष्य, जलवायू परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मोलन केन्द्रित हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले जानकारी दिए ।

    युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा हुने सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुनेछ ।

    सम्मेलनमा दुवै देशका कलाकारले लोक संस्कृति प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 

    सम्मेलनमा द्विपक्षीय सम्बन्ध विस्तार र कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ ।

    यसअघि पहिलो र तेस्रो सम्मेलनमा काठमाडौँमा भएको थियो । दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो ।

    यसपालि बङ्गलादेशमा गर्ने भनिए पनि सम्भव नभएपछि नेपालमा नै गर्न लागिएको आयोजकले जनाएको छ । पाँचौँ संस्करण भने बङ्गलादेशमा विसं २०७८को शुरुआतमै हुने जनाइएको छ । सम्मेलनमा २५ बङ्गलादेशी युवासहित ६५ जनाको सहभागिता रहने बताइएको छ ।

    २०७७, फाल्गुण १४ शुक्रवार०६:०४:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार