नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

२०७७, फाल्गुण १५ शनिवार

  • 1.6K
    SHARES

  • नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

    फागुन १५, कानो ।

    नाइजेरियाको उत्तरपश्चिम  क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।

    प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ ।

    विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।”

    स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन् । 

    पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन् ।

    गत हप्ता पनि उक्त समूहले यही क्षेत्रबाट ४२ किशोरलाई विद्यालयबाट अपहरण गरेका थिए ।

    गत डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उहाँ त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका  करिब ३०० किशोरहरूलाई अपहरण गरेका थिए ।

    दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विदार्थीहरूलाई छोडिएको थियो ।

    पछिल्लो अपहरणबारे नाइजेरियाको संघीय सरकारको कुनै प्रतिक्रिया आइसकेको छैन । -एजेन्सी । 

    २०७७, फाल्गुण १५ शनिवार०६:४७:१८
    प्रतिक्रिया
    सम्बन्धित समाचार