विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ– प्रवक्ता श्रेष्ठ

विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ– प्रवक्ता श्रेष्ठ

२०७७, फाल्गुण १५ शनिवार

  • 1.0K
    SHARES

  • विवाद टुङ्ग्याएर छिटै निकास दिन्छौँ– प्रवक्ता श्रेष्ठ

    फागुन १५, काठमाडौँ ।

    निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ  ।  यसका लागि सम्बन्धीत  पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ ।
      
    सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भन्छन्, “दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको छ । यो विषयमा पक्षसँग औपचारिक र अनौपचारिकरुमा छलफल जारी छ ।”

    निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको बताउँदै उनले आयोग सो विषयलाई छिट्टै नै टुङ्ग्याएर निर्णय र निकास दिने क्रममा रहेको स्पष्ट पारे ।

    सरकारले गत पुस ५ गते आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै आयोगले आन्तरिक तयारलाई तीव्र तुल्याएको थियो ।

    सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयसँगै औपचारिक पत्र प्राप्त नभए पनि आयोगले निर्वाचनका सम्पूर्ण क्रियाकलाप रोकिसकेको छ । निर्वाचन सामग्री खरीदका लागि प्रकाशित  बोलपत्र पनि आयोगले रद्द गर्ने क्रममा रहेको बताइएको छ ।

    निर्वाचन तयारी क्रममा मतदाता नामावली अद्यावधिक, निर्वाचनस्थल र केन्द्र पुनरावलोकनका काम अन्तिम चरणमा पुु¥याएको थियो । ऐनअनुुसार निर्वाचन घोषण भएसँगै स्थगन भएको मतदाता नामावली दर्ता कार्यक्रम पनि अब केही समयपछि नै खुला हुनेछ ।

    २०७७, फाल्गुण १५ शनिवार०३:२१:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार