राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

२०७७, फाल्गुण १५ शनिवार

  • 1.1K
    SHARES

  • राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    फागुन १५, काठमाडौँ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई उपचाररत नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उहाँका प्रेस सल्लाहकार टीका ढकाल आज बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।

    शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ । सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नाका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझेका थिए ।

    २०७७, फाल्गुण १५ शनिवार०३:३०:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार