चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

२०७७, फाल्गुण १६ आइतवार

  • 1.7K
    SHARES

  • चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

    फागुन १६, भरतपुर ।

    दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ ।

    आज सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेट्रान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो ।

    भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौँडा ४–२ ले विजयी भयो ।

    कालभैरव हेटौँडालाई जिताउन गोलरक्षक रामराज लामाले टाइब्रेकरमा बुटवलको दुई प्रहार बचाए । उनले दोस्रो र चौथो प्रहार रोके ।

    त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १४औँ मिनेटमा भरतकुमार कैचा थापाले गोल गर्दै बुटवललाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा नै कालभैरव हेटौँडा खेलमा फर्कियो । पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा नरेश थापाले कालभैरव हेटौँडाका लागि बराबरी गोल गरे ।

    उपाधिसँगै कालभैरवले रु एक लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित बुटवलले रु ७५ हजारमा चित्त बुझाएको छ ।

    कालभैरव हेटौँडाका नरेश थापा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु १० हजार प्राप्त गरे । यस्तै चितवन भेट्रान रातोका रवीन्द्र श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर सात गोल गरेका थिए । उनले सातै गोल उद्घाटन खेलमा जनकपुर भेट्रानविरुद्ध गरेका थिए ।

    कालभैरवका रामराज लामा उत्कृष्ट गोलरक्षक, कालभैरवकै एजेन लिम्बू उत्कृष्ट डिफेन्डर र बुटवलका भरतकुमार कौचा थापा उत्कृष्ट मिडफिल्डर घोषित भए ।

    उनीहरुले नगद रु पाँच÷पाँच हजार प्राप्त गरे । चितवन भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा भारतको एकसहित १४ टोली सहभागी थिए ।

    २०७७, फाल्गुण १६ आइतवार०७:१७:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार