रसुवागढी नाका आजदेखि खुल्ने

रसुवागढी नाका आजदेखि खुल्ने

२०७७, फाल्गुण १७ सोमवार

  • 885
    SHARES

  • रसुवागढी नाका आजदेखि खुल्ने

    फागुन १७, रसुवा ।

    रसुवा चीनसँग जोडिएका अन्तराष्ट्रिय रसुवागढी नाका भोलि सोमबार देखि पुन सञ्चालन हुने भएको छ । कोरोना प्रकोपका कारणले बन्द भएको नाका चिनियाँ ल्होसारको समाप्त भए पछि खोल्न लागिएको हो।

    रसुवा जिल्ला कोरोना मुक्त भइसकेको र भन्सार कार्यालयका सुरक्षा निकाय, ट्रक चालक श्रमिकहरुले समेत कोरोना बिरुद्द खोप लगाईसकेको अवस्थामा नाका पुनस्सञ्चालन आउने भएको हो।

    दैनिक २ करोड भन्दा माथिको राजस्व संकलन हुने नाका अहिले बन्दा भएपछि राज्यलाई घाटा बनाउनुका साथै स्थानीय नाकामा कारोबार गर्ने व्यापारीलाई समेत रोजी रोटीको चिन्ता बढेको समयमा नाका खुल्ने निर्णयमा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।

    रसुवागढी नाकाबाट दैनिक स्याउ, रेडिमेड कपडा, जुत्ताचप्पल र विद्युतीय सामग्रीहरु आयात हुने नाकाबाट नेपालबाट जडिबुटी तथा हस्तकलाका सामग्रीहरूको निकासी हुने गरेको छ।

    २०७७, फाल्गुण १७ सोमवार०६:३४:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार