फागुन १७, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सोही अनुरुप राष्ट्रपति भण्डारीले बैठकको आव्हान गर्नु भएको हो ।
गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएको थियो ।
सर्वोच्च अदालतको आदेश अनुसार तोकिएको समय भित्रै संसद अधिवेशन बोलाइएको छ ।