मंसिर १३, काठमाडौं ।
पुर्व नेकपा(एमाले) सम्बद्ध अनेरास्ववियुका उपाध्यक्ष नवराज पौडेलले महाधिवेशन आयोजक समिति बनाएर नेकपा बचाउन माग गरेका छन् ।
पार्टी एकता प्रक्रियाका प्रमुख प्राधिकारहरु केपी ओली र प्रचण्ड बिचको टकरावले एकता प्रक्रियाका साथै कम्युनिष्ट आन्दोलन नै धरासायी हुने आशंका पौडेलले गरेका छन् ।
नेपाल मानविकी क्याम्पस (रत्न राज्य लक्ष्मी) मा अध्ययनरत रहँदा भारी मतान्तरले स्ववियु सभापति समेत जितेका पौडेलले प्रतिनिधिको भुमिका खरो सँग निर्वाह गरेका थिए ।
उनै चर्चित नेता पौडेलले संयमताका साथ अगाडि बढ्न सुझाउँदै सामाजिक सञ्जाल मार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
उनले भनेका छन्, दुबै अध्यक्षका धारणालाई वैठकमा प्रवेश दिने तर छलफल स्थगित गर्ने, प्रधानमन्त्री केपी कमरेड र अध्यक्ष प्रचण्डलाई वर्तमान जिम्मेवारी कायमै राखी महाधिवेशन आयोजक समिति संयोजक क माधव नेपाललाई बनाई रानीतिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदन लेखनसहितका कामका लागि मस्यौदा टिम निर्माण गर्ने, साप्ताहिक रुपमा महाधिवेशन तयारी समितिको बैठक बस्ने र बैठकमा वर्तमान सचिवालयलाई उपस्थिति अनिवार्य गरियोस् ।
संसदीय निर्वाचन सम्म प्रधानमन्त्री रहने र मन्त्री हेरफेर तथा नियुक्तिका लागि पार्टी कमिटीको सिफारिस अनिवार्य हुनुका साथै कामको गति मिल्ने मन्त्री या टिम निर्माणमा सहयोग गर्ने तर अन्य राजकीय निर्णयमा पार्टीको नीतिगत मार्गदर्शन अनुरूप स्वतन्त्र रूपमा कामको जिम्मेवारी रहने, पार्टीको मार्गदर्शक मार्क्सवाद र भावी कार्यक्रम 'जनताको बहुदलीय समाजवाद' निर्धारण गरि सैद्धान्तिक प्रस्टता कायम गरियोस् ।
कम्युनिस्ट आान्दोलनको लाकतान्त्रिकरण र लोकतन्त्रको समाजवादी रूप समाजमा स्थापित गर्ने गरि पार्टीको तर्फबाट अगाडि सारिने नेतृत्व (उम्मेदवार) आन्तरिक प्रतिष्पर्धामा संगठित सदस्यबाट र राज्यमा जनताबाट प्रत्येक्ष निर्वाचित हुने नीतिगत व्यवस्था गर्ने, राज्यमा सो व्यवस्था नहुँदासम्म पार्टीको उम्मेदवारी भने संगठित सदस्यवाट प्रत्येक्ष गराई विजेताको नेतृत्वमा बाह्य प्रतिष्पर्धा गरिने सुनिश्चित गर्ने गरि जाने नीतिगत निर्णय गराउन सकिन्छ ।
त्यसै गरि हरेक तहका सरकार र पार्टी कमिटीको नेतृत्वमा समान क्षमता भएका तर अलग सदस्यलाई जिम्मेवारी दिने गरि नेतृत्वको व्यवस्थापन सम्बन्धि निर्णय लिने, समस्याको समाधान सम्बन्धित कमिटी प्रणाली भित्र खोज्ने, कमिटी प्रणाली बाहिर गई अन्तरबिरोध छताछुल्ल पार्ने प्रवृत्तिलाई निर्ममतापूर्वक निरुत्साहित गर्ने वैचारिक र व्यवहारिक प्रतिबद्धतामा हस्ताक्षर गराई लागू गर्ने प्रावधान तत्काल अगाडी बढाइयोस् ।
पहिलो पुस्ता र नयाँपुस्ताका विचमा ३०/७० को अनुपात कायम गरि नेतृत्व निर्माणको वैज्ञानिक विधि अवलम्बन गर्ने, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अपनाई हरेक संगठित सदस्यले महिनामा कम्तिमा २० दिन अनिवार्य श्रममा सहभागी भई उत्पादनमूलक कार्यमा लाग्नै पर्ने व्यवस्था गरियोस् ।
सो कर्मलाई नेतृत्व हस्तान्तरणको न्युनतम शर्तको रूपमा पार्टी जीवनमा नीतिगत व्यवस्था गर्ने, पार्टीलाई जनआधारित बनाउन पार्टीको काममा लाग्ने गरि पार्टी र जनता विचको सम्बन्धको पुलका रूपमा कार्य गर्ने कार्कर्ता नीति बनाई योग्यता र ईतिहासको सही मूल्यांकनमा आधारित जिम्मेवारीको बैज्ञानिक व्यवस्थापन गर्न समेत उनले माग गरेका छन् ।
मन्त्री, राजदुत तथा राजनीतिक नियुक्ति पार्टी निर्णयबाट हुने बानी बसालिनु पर्छ तर पार्टीकै अर्को सहयोद्धाले जिम्मेवारी पाउनु नै 'विभाजन' को मनोविज्ञान बनाउने तर्क देश र जनताप्रति धोखामात्र होइन अपराध हो । क्रान्तिकारीले सत्ता निर्माण गर्छन तर सत्ताकै लागि मरिहत्ते गर्दैनन् । सुनौलो इतिहास धुमिल हुनबाट जोगाउनुहोस् ।