बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो 

बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो 

२०७७, फाल्गुण १८ मंगलवार

  • 1.2K
    SHARES

  • बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो 

    फागुन १८, लण्डन ।

    बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।
     
    बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ । 

    उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् ।

    लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । 

    “मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्,” एक अधिकारीले भने । उनको मुटुमा सङ्क्रमण देखिएको बताइएको छ । 
      
    राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ बर्ष पुगेकी छन् । 

    उनीहरु दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए । एजेन्सी

    २०७७, फाल्गुण १८ मंगलवार१०:४१:५२
    प्रतिक्रिया
    सम्बन्धित समाचार