पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची कायम

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची कायम

२०७७, फाल्गुण १८ मंगलवार

  • 873
    SHARES

  • पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची कायम

    फागुन १८, काठमाडौँ ।

    भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
     
    आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा रु ४.२०, डिजेलमा रु ४.०७ रुपैयाँ, मट्टितेलमा रु ४.६५, हवाई इन्धनमा रु ४.०६ तथा ग्यासमा प्रतिसिलिन्डर रु ९१.९६ मूल्य बढेर आएको निगमले जनाएको छ ।
     
    फेब्रुअरी १६ मा आइओसीबाट प्राप्त मूल्य सूचीअनुसार नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु ११४, डिजेल र मट्टितेलको मूल्य रु ९७ तथा आन्तरिक हवाई इन्धनको मूल्य रु ६७ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य रु एक हजार ४०० तोकिएको छ ।
     
    उक्त मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पाक्षिक रुपमा रु एक अर्ब ५४ करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । आइओसीले नेपाल आयल निगमलाई प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ । सोही मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्दै आएको छ ।
     
    नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर रु १०.०६, डिजेलमा रु  ८.२२, मट्टितेल नोक्सान हुने जनाइएको छ ।

    २०७७, फाल्गुण १८ मंगलवार१०:५२:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार