कोरोना अपडेट: थप १०२४ जना संक्रमित, १० को मृत्यु 

कोरोना अपडेट: थप १०२४ जना संक्रमित, १० को मृत्यु 

२०७७, मंसिर २० शनिवार

  • 1.5K
    SHARES

  • कोरोना अपडेट: थप १०२४ जना संक्रमित, १० को मृत्यु 

    मंसिर २०, काठमाडौं ।

    पछिल्लो २४ घण्टामा थप १ हजार २४ कोरोना संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

    पछिल्लो २४ घण्टाको अवधीमा २ हजार २०६ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २४ हजार ५३ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

    त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १० कोरोना संक्रमितको मृत्यु भएको छ । यस सँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ । 

    २०७७, मंसिर २० शनिवार०४:५०:००
    प्रतिक्रिया
    सम्बन्धित समाचार