फागुन २०, काठमाडौं ।
भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेशले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव दिनेश भट्टराईलाई बधाई ज्ञापन गरेको छ ।
प्रदेश प्रतिष्ठानका कार्यवाहक अध्यक्ष नारायण भट्टराईको नेतृत्वले वुधवार बधाई ज्ञापन गरेको हो ।
कुलवंश प्रतिष्ठानले संसार भर छरिएर रहेका भट्टराईलाई वंशावलीमा समावेश गर्ने अभियानलाई पनि तिब्रता दिएको छ ।
वंशावली अनुसार दिनेश भट्टराई २३ नं मा पर्ने युवा अभियन्ता अजित भट्टराईले बताए ।
प्रतिष्ठान वागमती प्रदेशको अधिवेशन फागुन २९ गते काठमाडौंमा हुनेछ भने केन्द्रीय महाधिवेशन चैत्र २०-२१ गते पोखरामा हुने छ ।