बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार : चिकित्सक

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार : चिकित्सक

२०७७, फाल्गुण २१ शुक्रवार

  • 1.0K
    SHARES

  • बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार : चिकित्सक

    फागुन २१, लण्डन । 

    बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

    बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ । 

    उनको स्वास्थ्यमा सुधार भएकाले उहाँले सहज महसुस गर्दै जानुभएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ ।

    उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

    झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ । 

    लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ । 

    राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ बर्ष भएकी छन् । 

    २०७७, फाल्गुण २१ शुक्रवार०७:१४:४५
    प्रतिक्रिया
    सम्बन्धित समाचार